Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:४६

खोलामा जीप खसेर बेपत्ता भएका चालकको शव भेटियो, घाइते बैतडीका एक युवकको उपचार हुँदै

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ १५, २०७९
खोलामा जीप खसेर बेपत्ता भएका चालकको शव भेटियो, घाइते बैतडीका एक युवकको उपचार हुँदै

गत शुक्रबार राति रोल्पाको माडी गाउँपालिका-४ माडी खोलामा जीप दुर्घटना भएको थियो।

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको जीप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेको थियो।

दुर्घटनामा जीपका सहचालक बैतडीको पाटन नगरपालिका–४ का २२ वर्षीय मनोज चन्द घाइते भएका थिए। उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खोलामा बेपत्ता भएका चालकको शव भने ४ दिनपछि फेला परेको छ। चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादुर लामाको शव मंगलबार भेटिएको प्रहरीले बताएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रतिक्रिया