Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०२:२५

महेन्द्रनगर पुगे ओली, समाजवादीमा ठूलै पहिरो जाँदै

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ १५, २०७९
महेन्द्रनगर पुगे ओली, समाजवादीमा ठूलै पहिरो जाँदै

 नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुरको महेन्द्रनगर पुगेका छन्।

नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको  ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्न ओली महेन्द्रनगर पुगेका हुन्। 

ओलीले सोही कार्याक्रममा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा स्वागत गर्नेछन्।

यस्तै आजै मात्रै वर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पनि उनले पार्टीमा स्वागत गर्नेछन्। सोही सभामा माओवादी केन्द्रबाट समेत ठुलो संख्यामा एमालेमा प्रवेश गर्ने बताइएको छ। 
 

प्रतिक्रिया