Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:२३

नगरपालिकाले उठाउन थाल्यो गोकुलेश्वर बजारको फोहोर

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ १५, २०७९
नगरपालिकाले उठाउन थाल्यो गोकुलेश्वर बजारको फोहोर

दार्चुला : शैल्यशिखर नगरपालिकाले फोहोरले कुरुप बनेको गोकुलेश्वर बजारमा सरसफाइको सुरुवात गरेको छ । 

दार्चुला र बैतडीको संगमस्थलका रुपमा रहेको गोकुलेश्वरमा लामो समयदेखि फोहोर नउठ्दा बजारभरि फोहोर थिग्रिएर बजारको दृश्य कुरुप बनेको थियो । नगरपालिकाले आजदेखि स्वीपरहरु खटाएर बजारमा रहेको फोहोर उठाउन थालेको शैल्यशिखर नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले गत जेठ २७ गते फोहोर व्यवस्थापन गर्न भन्दै डम्पिङ साइड निर्माणका लागि नि:शुल्क जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।

वडा नम्बर ९ का स्थानीय हिक्मत बहादुर साउँदले डम्पिङ साइड निर्माणका लागि नगरपालिकालाई नि:शुल्क जग्गा उपलब्ध गराएपनि  केहि स्थानीयले बिरोध गरेपछि प्रक्रिया अगाडी बढ्न सकेको छैन् । 

जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको गोकुलेश्वर बजारमा अबदेखि सरसफाइको कामलाई निरन्तरता दिइने नगरपालिकाले बताएको छ । 

विगतदेखि बजारमा रहेका घर, होटल तथा पसलबाट निस्कने फोहोर व्यवस्थापनका लागि दिर्घकालिन प्रयास नहुदाँ स्थानीय र व्यावसायीहरुलाई फोहोर फाल्न सकस हुने गरेको छ । 

प्रतिक्रिया