Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०९:२३

डिलासैनी गाउँपालिकामा शैक्षिक सुधार र खानेपानी व्यवस्थापन सम्बन्धि छुट्टाछुट्टै अन्तरक्रिया सम्पन्न

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ १४, २०७९
डिलासैनी गाउँपालिकामा शैक्षिक सुधार र  खानेपानी व्यवस्थापन सम्बन्धि छुट्टाछुट्टै अन्तरक्रिया सम्पन्न

बैतडीको डिलासैनी गाउँपालिकाले छुट्टाछुट्टै २ वटा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

मंगलबार डिलासैनी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको गुणस्तरिय सुधारका लागि आवस्यक योजना निर्माण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 

गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशी सहित गाउँपालिकाभित्र रहेका ५६ वटै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, बिषयविज्ञ, जनप्रतिनिधी एवम् सरोकारवालाको सहभागितामा गाउँपालिका अन्तर्गतको शिक्षा शाखाले उक्त अन्तरक्रिया कार्यक्रममको आयोजना गरेको डिलासैनी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए । 

यस्तै गाउँपालिकाले आजै खानेपानीको समस्या समाधानका लागि खानेपानी उपभोक्ता समितीका पदाधिकारी र सरोकारवालासंग अन्तरक्रिया गरेको छ । 

गाउँपालिका भित्र खानेपानीको मौजुदा स्थिती, कठिनाई र सम्भावना सम्बन्धमा आवस्यक रणनिती बनाउन, प्रभावकारी रुपमा कार्यसम्पादन गर्न र खानेपानीको समस्या निराकरण गर्न गाउँपालिकास्थित जलस्रोत समितीमा दर्ता भएका खानेपानी समितीका पदाधिकारीसित छलफल गरिएको प्रवक्ता भट्टले बताए । 

प्रतिक्रिया