Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४६

दशरथचन्दमा कार्यपालिकाले पूर्णता पायो, एमालेको बहुमत

Wide Nepal News
शनिबार, जेठ १४, २०७९
बैतडीको दशरथचन्द नगरपालिकामा नगरकार्यपालिकाले पूर्णता पाएको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि निर्वाचित महिला सदस्य मध्येबाट ५ जना र दलित वा अल्पसंख्यकबाट ३ जना सदस्य थप्नुपर्ने प्रावधान अनुसार कार्यपालिकाले पूर्णता पाएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । महिला सदस्य र दलित वा अल्पसंख्य सदस्यका लागि शनिबार निर्वाचन भएको र सबैमा एमालेका उम्मेदवार चयन भएका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । निर्वाचित महिला सदस्य मध्येबाट कलावती लावड, धानादेवी थलाल, वसन्ती जोशी,भुरीदेवी बिष्ट र माया पहरी कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यस्तै दलित वा अल्पसंख्यक मध्येबाट दिनेशबहादुर सिनाल, प्रेम दयाल र विनोदराम लुहार निर्वाचित भएका छन् । यो संगै २१ सदस्यीय नगरकार्यपालिकामा एमालेको बहुमत भएको छ । नगर प्रमुख सहित कार्यपालिकामा एमालेका १६ जना अटाएका छन् । उपप्रमुख सहित ५ जना नेपाली कांग्रेसका अटाएका छन् । गएको स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा मेयर, उपमेयर सहित कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत रहेको थियो । अहिलेको चुनावमा भने दशरथचन्द नगरपालिकामा नेपाली कांग्रेस चार वडामा खुम्चिएको छ ।

प्रतिक्रिया