Wide Nepal News शुक्रबार १४, बैशाख २०८१ ०४:३१

बडिमालिकाको पर्यटन प्रवद्र्धनका लागि बनाइएको वृत्तचित्र सार्वजनिक (भिडिओ)

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ १४, २०७९
बडिमालिकाको पर्यटन प्रवद्र्धनका लागि बनाइएको वृत्तचित्र सार्वजनिक (भिडिओ)

बाजुराको धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकाको प्रवद्र्धनका लागि बनाइएको वृत्तचित्र सार्वजनिक गरिएको छ।

लामो समयदेखि बडिमालिकाको प्रचारमा लागिरहेको साइकल यात्री भरतविक्रम शाहको अगुवाइमा बनेको उक्त वृत्तचित्र मंगलबार सार्वजनिक गरिएको हो।

धार्मिक पर्यटनलाई लक्षित गरेर निर्माण गरिएको वृत्तचित्र फारवेस्टर्न राइडर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ। वृत्तचित्रमा बडिमालिकाको परिचय, धार्मिक महत्त्व र पर्यटकिय सम्भावनाका बारेमा जानकारी दिइएको छ।

उक्त वृत्तचित्रले पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको शाहले बताए।

प्रतिक्रिया