Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:२१

बैतडीमा छोटो दुरीका सवारीको भाडा निर्धारण, यस्तो छ नयाँ भाडादर

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ १४, २०७९
बैतडीमा छोटो दुरीका सवारीको भाडा निर्धारण, यस्तो छ  नयाँ भाडादर

बैतडीमा जिल्लाभित्र सञ्चालित छोटो दुरीका सवारीसाधनले मनपरि भाडा असुल्ने गरेको गुनासो बढ्न थालेपछि नयाँ भाडादर निर्धारण गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार चर्को भाडा असुलेका गुनासोहरु आउन थालेपछि जिल्लामा नयाँ भाडादर निर्धारण गरिएको हो।

यातायात व्यवसायी र सोरोकारवालाहरुको सर्वपक्षीय बैठकले जिपहरुको नयाँ भाडादर कायम गरेको उनले बताए। नयाँ भाडादर अनुसार गोठलापानी देखि देहिमाण्डौँ सम्मको भाडा ७० रुपैँया, गोठलापनी सतबाँझ १५०, गोठलापनी पाटन २३०, गोठलापनी खोड्पे ३५०, गोठलापनी झुलाघाट १६० रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै गोठलापानी सिल्लेगडा २३०, गोठलापनी खोचलेक २५०, गोठलापनी बसाली ३००, गोठलापनी दोली ३५०, गोठलापनी गोकुलेश्वर ४४० रुपैयाँ भाड तोकिएको छ। देहिमाण्डौँ देखि गिरेगडा सम्मको कच्ची सडकमा ३२०, देहिमाण्डौँ भट्टाड १७०, देहिमाण्डौँ डिबड्या २१० र गोठलापनी सेरा कच्ची सडकमा १७५ रुपैँया भाडा निर्धारण गरिएको छ।

यसैगरि झुलाघाट देखि बित्थडको ७००, गोठलापानी डडेल्धुरा ५००, पाटन अड्तोला ७५, पाटन स्याडीखोला १००, पाटन सलेना १५०, पाटन लामालेक २३०, पाटन मेलौली २५० र खोड्पे देखि विन्द्रावन सम्मको भाडा १०० रुपैयाँ तोकिएको छ। 

अनुमती पाएका सडक बाहेकका कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैँयाका दरले भाडा निर्धारण गरिएको बताइएको छ। 

प्रतिक्रिया