Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:३५

दार्चुलामा हावाहुरी र पानी पर्ने बित्तिकै किन हुन्छ लोडसेडिङ ?

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ १३, २०७९
दार्चुलामा हावाहुरी र पानी पर्ने बित्तिकै किन हुन्छ लोडसेडिङ ?

पछिल्लो समय दार्चुलामा दिनहुँजसो बत्ति जाने समस्या देखिन थालेपछि जनगुनासो बढ्न थालेको छ । 

जिल्ला सदरमुकाम खलंगा, गोकुलेश्वरसहित आसपासका क्षेत्रमा सामान्य हावाहुरी तथा बर्षा शुरु हुँदा प्राधिकरणले बिजुलीको लाइन काट्ने गरेको भन्दै सेवाग्राहीले आरोप लगाएका हुन् । 

मौसममा खराबी आएका बेला ठाउँठाउँमा बिजुलीका पोलहरु ढल्ने, तारहरु एकआपसमा ठोक्किएर तार सर्ट हुने, चराहरु बिजुलीका तारमा ठोक्किने लगायतका कारण जिल्लामा कहिलेकाहीँ लोडसेडिङ हुने गरेको दार्चुला विद्युत प्राधिकरणका प्रमुख मोहनदेव जोशीले जानकारी दिए । 

मौसम खराबीका कारण बर्षातको समयमा अरुबेला भन्दा बढि बत्ती जाने गरेको उल्लेख गर्दै प्राधिकरणले दिगो रुपमा उक्त समस्यालाई समाधान गर्नका लागि काम गरिरहेको प्रमुख जोशीले बताए ।

जिल्लामा बढ्दो लोडसेडिङका कारण सञ्चार सेवा, बैंकिङ कारोबार, सरकारी कामकाज लगायतका कामहरु अवरुद्ध हुँदा जनजीवन प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया