Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:२८

जन्मदिनमा गोकुलेश्वर अस्पतालका नर्सको परोपकारी काम : बिरामीको टिकट र एक्सरे खर्च आफ्नो तलबबाट व्यहोर्दै

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ १३, २०७९
जन्मदिनमा गोकुलेश्वर अस्पतालका नर्सको परोपकारी काम : बिरामीको टिकट र एक्सरे खर्च आफ्नो तलबबाट व्यहोर्दै

दार्चुला : दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा कार्यरत स्टाफ नर्स संगिता बिष्टले आफ्नो २३ औं जन्मदिन परोपकारी कार्य गरेर मनाएकी छन् । 

उनले जन्मदिनको अवसरमा आफू कार्यरत गोकुलेश्वर अस्पतालमा सोमबार (आज) उपचार गर्न आउने सम्पूर्ण बिरामीको ओपिडी तथा इमरजेन्सी टिकट शुल्क र एक्सरे खर्च आफूले व्यहोर्ने बताएकी हुन् । 

जन्मदिनको अवसर पारेर परोपकारी कार्य गरेको भन्दै गोकुलेश्वर अस्पतालमा उपचाररत बिरामी र अन्य स्वास्थ्यकर्मीले स्टाफ नर्स बिष्टलाई प्रशंसासहित जन्मदिनको शुभकामना दिइरहेका छन् 

उनी शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरकी बासिन्दा हुन् । 

प्रतिक्रिया