Wide Nepal News शनिबार ०५, जेठ २०८१ १२:०९

कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल गर्ने मुडमा प्रचण्ड

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ १२, २०७९
कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल गर्ने मुडमा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने बताएका छन्।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने बताएका हुन्।

भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए। उनले भने, 'प्रचण्ड कमरेडले संघ र प्रदेशबाट एक महिलासहित तीनजनाको नाम पठाउन निर्देशन दिनुभयो।

कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ भन्नुभयो।' प्रचण्डले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारे।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने बताए।

प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने भने, ‘गठबन्धनभित्र पनि वाम दलहरु हुनुहुन्छ। बाममोर्चा बनाएर चुनावमा जान सकिन्छ। तर, हामी गठबन्धनमा प्रतिवद्ध छौं।

कांग्रेस पनि हामीसँगै छ।' प्रचण्डले भने,‘अहिले हामीसँग वाममोर्चाको पनि विकल्प छ । वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउन पनि सक्छौं।'
 

प्रतिक्रिया