Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०२:२४

विप्लवको पार्टीले लियो वादी समुदायको सामाजिक व्यवस्थापनको जिम्मा, बालबालिकालाई पोसाक वितरण

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ ११, २०७९
विप्लवको पार्टीले लियो वादी समुदायको सामाजिक व्यवस्थापनको जिम्मा, बालबालिकालाई पोसाक वितरण

 

दार्चुला । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुलामा बसोबास गर्ने वादी समुदायको सामाजिक व्यवस्थापनको जिम्मेवारी लिने भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी दार्चुला समितिको चौथो जिल्ला सम्मेलनका अवसरमा शनिबार (आज) वादी समुदायका ४० जना बालबालिकालाई पार्टीले विद्यालय पोसाक वितरण गरेको हो । 

आर्थिक हिसाबले विपन्न समुदायका रुपमा लामो समयदेखि अपहेलित एवम् अव्यवस्थित जीवन बिताइरहेका वादी समुदायको उत्थान गर्ने तथा उक्त समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा जोड्ने उद्धेश्यका साथ नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले सामाजिक व्यवस्थापनको जिम्मेवारी लिएको पार्टीका जिल्ला सचिब भरत मल्लले जानकारी दिए । 

पार्टीले वादी समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा जोड्न विद्यालय पोसाकका साथै कापी, कलम, झोला लगायत अन्य शैक्षिक सामग्री उपलब्ध गराउने र वादी समुदायका नागरिकको जनजीविकाको ग्यारेन्टि गर्न आवस्यक कदम चाल्ने सचिब मल्लले बताए । 

जिल्ला सम्मेलनका अवसरमा आवस्यकताका आधारमा पार्टीले पहिलो चरणमा ४० जना बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको तथा अन्य बालबालिकालाई समेत चाडैँ पोसाक वितरण गरिने नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले जनाएको छ । 

नेकपा दार्चुलाको चौथो जिल्ला सम्मेलन पार्टीका केन्द्रीय सदस्य बन्धु चन्दको प्रमुख आतिथ्यतामा गोकुलेश्वरमा सम्पन्न भएको छ । 

सचिब मल्लले गत भदौ ४ गते वादी समुदायसित भेट गरि आफ्नो पार्टीले उनीहरुको सामाजिक व्यवस्थापनको जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रतिक्रिया