Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०६:०५

अब छोटो दूरीका सवारीमा यात्रा गर्दा टिकट अनिवार्य

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ ११, २०७९
अब छोटो दूरीका सवारीमा यात्रा गर्दा टिकट अनिवार्य

बैतडीमा छोटो दुरीका सवारीमा पनि यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार आयोजना गरेको बैठकले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनहरुले टिकट काटेर मात्र यात्रु बोक्नुपर्ने निर्णय गरेको हो।

जिल्ला भित्र सञ्चालित सवारीसाधनमा यातायात व्यवसायीहरुले टिकट नदिएर तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताइएको छ।

जिपहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको र यसको अनुगमन पनि गरिने प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताए।

टिकट नकाटेर यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गरिने बताइएको छ।

प्रतिक्रिया