Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०५:५२

ब्याँस गाउँपालिकाले एकल पुरुष र निःसन्तान दम्पतीलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने

सम्बाददाता सम्बाददाता
शुक्रबार, भदौ १०, २०७९
ब्याँस गाउँपालिकाले एकल पुरुष र निःसन्तान दम्पतीलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने

ब्याँस गाउँपालिकाले एकल पुरुष र निःसन्तान दम्पतीलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

बुधबार वडा नं ६ हुतीमा बसेको कार्यपालिका बैठकले ब्याँस गाउँपालिकाको स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गरेको छ ।

कार्यविधिमा नेकपा एमालेको घोषणा पत्र र चुनावमा गरेको वाचा अनुसार एकल पुरुष र निःसन्तान दम्पतीलाई सामाजिक सुरक्षा प्रदान गरिन लागेको ब्याँस गाउँपालिका प्रवक्ता उपेन्द्र सिह धामीले बताए ।

४५ वर्ष पूरा भएका विवाह नगरेका वा श्रीमतीको मृत्यु भई अर्काे कुनै विवाह नगरेका एकल पुरुष तथा ४५ वर्ष पूरा भएका निः सन्तान दम्पती दुबै जनालाई संघीय सरकारको भत्ता लागु नहुँदा सम्म मासिक रुपमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरिएको प्रवक्ता धामीले बताए ।

हाल लाभग्राहीहरुलाई मासिक रुपमा ५ सय रुपैयाँ वितरण गरिने छ । यसलाई ब्याँस सरकारले प्रत्येक वर्ष समय सुहाउदो थप गरि एकल पुरुष र निःसन्तान दम्पतीलाई निरन्तर रुपमा भत्ता प्रदान गर्ने भएको हो । 

प्रतिक्रिया