Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०६:२६

महाकाली नदीमा नेपाल–भारत जोड्ने झोलुंगे पुल सञ्चालन, तुइन तर्नुपर्ने बाध्यता हट्यो

Wide Nepal News
शनिबार, जेठ १४, २०७९
महाकाली नदीमा दुई वटा झोलुंगे पुल सञ्चालन भएका छन्। पुल सञ्चालन भएपछि ब्यास गाउँपालिका–६ बडूगाउँ, मालिकार्जुन गाउँपालिका–६ बाकु र आसपासका बासिन्दाले तुइन र ट्युबबाट नदी तर्नुपर्ने बाध्यता हटेको छ। तीन महिनाअघि नै निर्माण पूरा भएको नेपाल–भारत जोड्ने झोलुंगे पुल बिहीबारबाट सञ्चालनमा आएको हो। बडूगाउँ र आसपासका बासिन्दा जिल्ला सदरमुकाम आउजाउ गर्नसमेत तुइनबाट महाकाली तरेर भारतीय बाटो प्रयोग गर्न बाध्य थिए।

प्रतिक्रिया