Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०८:३७

अछाममा सासुमाथि बुहारीको यस्तो ‘अमानवीय’ हर्कत, पक्राउ गर्दै प्रहरी (भिडिओ)

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ ०८, २०७९
अछाममा सासुमाथि बुहारीको यस्तो ‘अमानवीय’ हर्कत, पक्राउ गर्दै प्रहरी (भिडिओ)

सामाजिक सञ्जालमा अहिले अछामको एउटा भिडिओ भाइरल छ। सो भिडिओ जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ६ स्थित तोलीको एक परिवारमा घटेको घटनाको हो। 

अछामकै पञ्चदेवल घर भई हाल भारतमा रहेका तर्क न्यौपानेले सो भिडिओ पहिलोपटक फेसबुक र युट्युवमा सार्वजनिक गरेका थिए। भिडिओमा २ महिलाले एक वृद्धा महिलामाथि कुटपिट गरेर यातना दिएको देखिन्छ। 

भिडिओ सार्वजनिक गर्ने तर्क न्यौपानेका अनुसार ती वृद्धा बोल्न सक्दिनन्। उनी मानसिक तवरले पनि अस्वस्थ छन्। त्यसमाथि झन उनीमाथि भएको यस्तो ‘अमानवीय’ हर्कतले उनी मर्नु न बाँच्नु बनेकी छन्। वृद्धाका अपांग श्रीमान चन्द्रप्रसाद न्यौपाने रोजगारीको सिलसिलामा भारतमै छन्।

उनकी श्रीमतीमाथि नेपालमा कुटपिट भएको हो। ती वृद्धाकै दुई बुहारीहरुले उनीमाथि निर्घात कुटपिट गरेका हुन्। पारिवारिक झगडा र मनमुटावका कारण यस्तो घटना घटेको पारिवारिक स्रोतले बताएको छ। भिडिओमा कुटपिट गर्दा गालीगलौज पनि गरेको सुनिएको छ। कुटपिटका क्रममा कुटाइ खाने महिलाकै छोरा लक्ष्मण न्यौपानेले भिडिओ खिचेको बताइएको छ।

यता, प्रहरीले भने उक्त घटना जानकारीमा आएकाले टोली पञ्चदेवल विनायकतर्फ हिँडेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले पीडकहरुलाई नियन्त्रणमा लिनका लागि प्रहरी पठाएको दिनेशखबरलाई बताए। 

https://fb.watch/f5OhTkitty/

प्रतिक्रिया