Wide Nepal News सोमबार २३, असार २०८२ ०९:०५

बैतडीमा कोरोना संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५६ पुग्यो

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ ०८, २०७९
बैतडीमा कोरोना संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५६ पुग्यो

बैतडीमा पनि कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै गएको छ । 

पछिल्लो २४ घण्टामा गरिएको  परीक्षणमा जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झुलाघाट नाकामा गरिएको परीक्षणमा बझाङ्गको बित्थडचिर  गाउँपालिकाका  एक जना पुरुष र  जिल्ला अस्पताल बैतडीमा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका  वडा नं १० का एक जना महिलामा कोरोना देखिएको  स्वास्थ्य कार्यालय  बैतडीले जनाएको छ । 

स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ जना  कोरोना संक्रमण मुक्त भएका छन्, भने बैतडीमा  अहिले कोरोनाका  ५६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा  ३५ जना, पाटन नगरपालिकामा १२ जना, पुरर्चौडी  नगरपालिकामा २ जना र  दोगडाकेदार गाउँपालिकामा १ जना  रहेका छन् ।

यस्तै बैतडीमा जिल्ला बाहिरका ६ जना  कोरोनाका सक्रिय  संक्रमित रहेका छन् । सक्रिय सक्रमित सबैजना होम आइसोलेसनमा रहेका बताइएको  छ  । 

प्रतिक्रिया