Wide Nepal News मङ्गलबार २८, असोज २०८२ १२:३३

गौरा पर्वको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव’ को आयोजना

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ ०८, २०७९
गौरा पर्वको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव’ को आयोजना

सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७९’ हुने भएको छ।

विगतका वर्षहरु झै यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो।

गौरा महोत्वस यही भदौ २१ गतेदेखि २४ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोकले जनाएको छ। महोत्सवमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुईचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू हुने भएका छन्।

स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए।

प्रतिक्रिया