Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०८:३६

शैल्यशिखरद्धारा श्वेतपत्र जारी, निवर्तमान मेयर/उपमेयरको विलासितामा एकै बर्ष ३४ लाख खर्च (पूर्णपाठसहित)

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ ०६, २०७९
शैल्यशिखरद्धारा श्वेतपत्र जारी, निवर्तमान मेयर/उपमेयरको विलासितामा एकै बर्ष ३४ लाख खर्च (पूर्णपाठसहित)

दार्चुलाको शैल्यशिखर नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।  सोमबार (दिउँसो) नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाले श्वेतपत्र जारी गरेको छ ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन भएपश्चात् नगरपालिकामा नयाँ जनप्रतिनिधी आएसंगै यसअघिको सरकारले गरेका काम कार्यबाहीलाई श्वेतपत्र मार्फत् जनतासामु पर्याउन पत्रकार सम्मेलनको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

सामान्य अर्थमा श्वेतपत्र भन्नाले सरकारले आफ्ना कुनैपनि किसिमका राष्ट्रिय समस्या, तिनको समाधान, चर्चाका बिषयवस्तु इत्यादी लाई सेतो कागजमा लेखेर जनतालाई अवगत गराउन प्रकाशित गर्ने आधिकारीक विज्ञप्ती हो । 

नगरप्रमुख विजयसिंह धामीको अध्यक्ष्यतामा शैल्यशिखर नगरपालिकाले जारी गरेको श्वेतपत्रमा यसअघिका सरकारले पाँच बर्षमा गरेका कामहरु देखाउन खोजिएको छ ।

जहाँ अघिल्लो सरकारले पछिल्ला पाँच बर्षमा गरेका भ्रस्टाचारका सय बढि चाङ, आर्थिक अनियमिताका तथ्यांक, बेरुजुका हिसाबहिताब तथा सरकारी कोषको दुरुपयोग ककसले, कसरी र कतिसम्म गरेको थियो भन्ने तथ्यमा रहि देखाउन खोजिएको शैल्यशिखर नगरपालिकाका प्रवक्ता भरतबहादुर खडायतले बताए । साथै अहिलेको सरकारका आगामी योजनाहरुका बारेमा समेत नागरिकलाई सुसूचित गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको प्रवक्ता खडायतले उल्लेख गरे । 

श्वेतपत्रमा आर्थिक बर्ष २०७८।७९ सम्मको कूल असुल उपर रकम र बेरुजु रकम गरि रु. २९ करोड, १२ लाख, ९० हजार रुपैँया रहेको श्वेतपत्रले देखाएको छ । यस्तै ऐन, नियमावली बिपरित विलासिताका सामान खरिदमा नगरप्रमुख र उपप्रमुखले मात्रै ३४ लाख भन्दा बढि सरकारी ढुकुटी रित्याएको श्वेतपत्रमा उल्लेख छ । 

यस्तै श्वेतपत्रमा उल्लेख भएअनुसार स्रोत र आवस्यकताको सुनश्चितता नगरि अनावस्यक कर्मचारी भर्ना गरेको, कर्मचारी संख्या कति भर्ना गरिएका छन् भने यकिन विवरण नभएको, नियमावली विपरित सवारी साधनहरु खरिद गरिएको, मापदण्ड विपरित व्यक्तिगत प्रयोजनका लागि सरकारी कोषबाट क्यामेरा, मोबाइल, सोफा, दराज, बेड लगायतका विलासिताका सामान खरिद गरेको आरोप पूर्ववर्ती सरकारलाई लागेको छ । 

अघिल्लो सरकारका आर्थिक चलखेलका घटना त बाहिर ल्याउनु भयो, अब के गर्नुहुन्छ ? भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिदैँ मेयर विजयसिंह धामीले अब बस्ने कार्य कार्यपालिकाको बैठकले सोहि विषयमा छलफल गर्दै कारबाहीका लागि नियामक निकायमा निवेदन दिने तयारी रहेको बताए । 

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख धामीले आफूहरु नगरपालिकालाई सुशासन तर्फ लान हरसम्भव प्रयास गर्ने तथा मिडियालाई आफ्ना राम्रा काममा समर्थन गर्न र गलत काम गरिएको खण्डमा खबरदारी गरि सचेत गराउन समेत आग्रह गरेका छन् । 

यस्तो छ शैल्यशिखर नगरपालिकाले जारी गरेको श्वेतपत्रको पूर्णपाठ :

डाउनलोड

प्रतिक्रिया