Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०८:२१

प्रदीप गिरि सर्वप्रिय हुनुहुन्थ्यो, कसैको नबिगारी जानुभयो : स्वामी आनन्द अरुण

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ ०५, २०७९
प्रदीप गिरि सर्वप्रिय हुनुहुन्थ्यो, कसैको नबिगारी जानुभयो : स्वामी आनन्द अरुण

स्वामी आनन्द अरुणले प्रदीप गिरि सर्वप्रिय भएर अवसान भएको बताएका छन् ।

मेडिसिटी अस्पताल प्राङ्गणमा गिरिलाई श्रद्धाञ्जली व्यक्त गरेपछि स्वामी अरुणले प्रदीप गिरिले कसैको केही नबिगारी गएको बताए ।

‘उहाँ सर्वप्रिय हुनुहुन्थ्यो । सबैभन्दा राम्रो कसैको बिगारेर जानुभएन । जति सक्नुभयो गाउँमा बनाउनुभयो’ उनले भने, ‘रिस बोकेर जानुभएको छैन । यो उहाँको सफलता हो ।’

उनी कांग्रेसको नेता भए पनि कम्युनिष्टले पनि त्यतिकै आदर र श्रद्धा गर्ने गरेको बताउँदै उनले वर्तमान राजनीतिमा यस्ता व्यक्ति भेटाउन नसकिने बताए । ‘ कसैले विरोध गर्दैन । कुनै पार्टीको मान्छे उहाँको शत्रु छैन । यस्तो मान्छे कहाँ भेटाउन सकिन्छ । उहाँ सर्वप्रिय हुनुहुन्थ्यो,’ उनले थपे ।

गिरिले कुनै पनि कम्युनिष्टभन्दा बढी मार्क्सवादको अध्ययन गरेको उनले बताए ।

प्रतिक्रिया