Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०८:२४

अत्तरियाको एक पसलको ट्वाइलेटमा डिलाशैनीका युवकको शव फेला

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ ०५, २०७९
अत्तरियाको एक पसलको ट्वाइलेटमा डिलाशैनीका  युवकको शव फेला

कैलालीको अत्तरियास्थित एक पसलको ट्वाइलेटमा युवकको शव फेला परेको छ।

गोदावरी नगरपालिका–१ वलपिपलमा रहेको चौलागाईं वस्त्रालयमा काम गर्ने अन्दाजी २२ वर्षीय जयन्तबहादुर कार्कीको शव शनिवार साँझ फेला परेको हो। 

बैतडीको डिलाशैनी–७ घर भएका कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत थिए। कार्कीको शव शंकास्पद रुपमा फेला परेपछि आफन्तले उनको हत्या भएको शंका गरेका छन्।

जयन्तबहादुर कार्कीका काका पदमका अनुसार वस्त्रालयका सञ्चालक शुवास चौलागाईंले उनका भतिजाको शव ट्वाइलेटको होल्डरमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा फेला परेको बताएका थिए। होल्डरमा मसिनो तारले पासो लगाउन असम्भव भएकाले मृतकका काका पदमले उनको हत्या भएको आशंका गरेका छन्।

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ। अहिले प्रहरीले घटनास्थल अवलोकल गरि मुचुल्का बनाइरहेको प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 

प्रतिक्रिया