Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५८

आईपीएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

Wide Nepal News
आइतबार, जेठ १५, २०७९
काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

प्रतिक्रिया