Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०६:०४

बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, आज पूरा भयो: रचना रिमाल

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ ०४, २०७९
बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, आज पूरा भयो: रचना रिमाल

गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्। 

झापाको चन्द्रगडीमा उनले चार कोठे पक्की घर निर्माण गरेकी हुन्। शनिबार फेसबुकमा एक तस्बिर राख्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन्।

उनले आफ्ना बुवाआमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको बताएकी छन्। उनले आफ्नो पूरानो घर भएकै ठाउँमा घर निर्माण गरेकी हुन्। 

‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ,’ उनले भनेकी छन्।

अहिले उनका आमाबुवा दुबै जना त्यही बस्दै आएको पनि उनले जानकारी दिएकी छन्।

प्रतिक्रिया