Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०१:४७

सेटिगाउँ बहुमुखी क्याम्पसलाई नि:शुल्क बनाउन स्थानीय सरकारलाई डिलासैनी कांग्रेशको आग्रह

सम्बाददाता सम्बाददाता
शुक्रबार, भदौ ०३, २०७९
सेटिगाउँ बहुमुखी क्याम्पसलाई नि:शुल्क बनाउन स्थानीय सरकारलाई डिलासैनी कांग्रेशको आग्रह

बैतडी जिल्लाकै अग्रणी शिक्षण संस्थाका रुपमा पहिचान बनाउन सफल सेटिगाउँ बहुमुखी क्याम्पसलाई नि:शुल्क बनाउनुपर्ने आवाज उठेको छ । 

जिल्लाको डिलासैनी गाउँपालिका ६ मा अवस्थित क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नि:शुल्क अध्ययन गर्न पाउने गरि आवस्यक स्रोतको व्यवस्था गर्न नेपाली कांग्रेश, डिलासैनी गाउँपालिकाका सभापति जयराज जोशीले आग्रह गरेका छन् । 

क्याम्पसको बाह्रौँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सेटिगाउँ बहुमुखी क्याम्पसको चौतर्फी विकासका लागि आफू र आफू आबद्द रहेको पार्टीले जुनसुकै पहलकदमी चाल्न पछाडी नहट्ने बताएका हुन् । 

सभापति जोशीले क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न तथा मध्यम वर्गिय परिवारबाट भएकाले क्याम्पस प्रसाशनले तोकेको शुल्क तिर्न समेत समस्या हुने गरेको उल्लेख गर्दै स्थानीय सरकारले क्याम्पस संचालनका लागि स्रोत सुनिश्चित गर्न सकेमा निम्न वर्गिय परिवारका विद्यार्थीले समेत सहजै उच्च शिक्षा अध्ययनबाट बञ्चित हुन नपर्ने उनको तर्क छ । 

सेटिगाउँ बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा उपलब्ध गराउन नेपाली कांग्रेशबाट निर्वाचित जनप्रतिनिधी मार्फत डिलासैनी सरकारलाई प्रस्ताव पेश गर्ने तयारी रहेको नेपाली कांग्रेश डिलासैनी गाउँकार्यसमितीले जनाएको छ । 

क्याम्पसमा अध्यापन गराउने प्राध्यापक तथा कर्मचारीलाई तलब दिन र अन्य प्रशासनिक खर्च व्यवस्थापन गर्नका लागि अन्य स्रोत नहुँदा हाल क्याम्पसले विद्यार्थीहरुबाट सीमित शुल्क तोकेको छ । नियमित कार्यक्रम अनुसार विश्वविद्यालय अनुदान आयोगले प्रत्येक वर्ष निश्चित रकम उपलब्ध गराउने व्यवस्था भएपनि उक्त रकम प्रयाप्त हुँदैन । विद्यार्थीहरूबाट संकलन भएक शुल्कबाट क्याम्पसले कर्मचारीको तलब र प्रशासनिक खर्च जुटाउने गरेको छ । 

विक्रम संवत् २०६७ सालमा स्थापना भएको सेटिगाउँ बहुमुखी क्याम्पसमा हाल शिक्षासंकाय र वाणिज्यसंकायमा स्नातक तहको अध्ययन भइरहेको छ । क्याम्पसमा हाल १५ जना कर्मचारी र ३ सय ४५ जना विद्यार्थी रहेका छन् । 

प्रतिक्रिया