Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५०

जीप दुर्घटनामा मृत्यु हुने पाचैं जनाको शव शैल्यशिखर नगरपालिकाको सहयोगमा बझाङपठाउने तयारी

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ०२, २०७९
जीप दुर्घटनामा मृत्यु हुने पाचैं जनाको शव शैल्यशिखर नगरपालिकाको सहयोगमा बझाङपठाउने तयारी

दार्चुला : महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका ६ उल्लानीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने पाचैं जनाको शव बझाङ पठाउने तयारी भएको छ । 

बुधबार गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाने क्रममा म १ ज ५५१ नम्बरको जीप दुर्घटनामा हुँदा बझाङको बुंगल नगरपालिकाका ५ जनाले ज्यान गुमाएका थिए भने चालकसहित जीपमा सवार ९ जना घाइते भएका छन् । 

शैल्यशिखर नगरपालिकाले ६० लिटर डिजेल र ५० हजार रुपैंया नगद तिरेर गाडी भाडामा लिइ शवहरुलाई बझाङ  पठाउने तयारी भएको नगरपालिकाले जनाएको छ । 

मृतक हिक्मत जागरी, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहराको शवलाई शैल्यशिखर नगरपालिकाको सहयोगमा आफन्तहरुको जिम्मा लगाउन बिहिबार (आज) बझाङ पठाइने शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिएका छन् ।

सो दुर्घटनामा हिक्मत जागरी, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहराको मृत्यु भएको थियो। रैभान र चम्फा श्रीमान–श्रीमती हुन् । 

दुर्घटनामा उनीहरुसँगै गएका छैठौं व्यक्ति धनबहादुर जागरी भने भाग्यवस् बाच्न सफल भएका छन् । घाइते अवस्थामा रहेका उनको गोकुलेश्वर अस्पतालमा उपचार पश्चात्  अहिले आफ्नो घर बुंगल फर्किने तयारीमा छन् । 

धनबहादुर सहित मृतक पाचैं जना रोजगारीकोे खोजिमा दार्चुलाको बाटो हुँदै भारतको धारचुलातर्फ जादैँ थिए ।

जीप अनियन्त्रित भएपछि सडक सतहदेखि करिब २५० मिटर तल खसेको थियो। ५ जनाको सिट पास रहेको जीपमा १४ जना सवार रहेको पाइएको छ।  दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया