Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०१:२०

जीर्ण गोकुलेश्वर पुल र महाकाली लोकमार्ग स्तरोन्नती नभए दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद ठगुन्ना

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ०२, २०७९
जीर्ण गोकुलेश्वर पुल र महाकाली लोकमार्ग स्तरोन्नती नभए दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद ठगुन्ना

दार्चुला :  प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले महाकाली लोकमार्गलाई तत्काल स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले हिजो शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रति श्रद्धान्जली व्यक्त गर्दै घाइते ९ जनाको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । 

महाकाली लोकमार्ग अन्तर्गत पर्ने गोकुलेश्वर – खलंगा सडकखण्ड एक लेनको भएको र पटक पटक दुर्घटना भइरहेकोले उक्त सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

सांसद ठगुन्नाले महाकाली राजमार्गमा पर्ने दार्चुला बैतडी जोड्ने गोकुलेश्वर पुल समेत जीर्ण भएकोले उक्त पुलको समेत मर्मत सम्भार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

सडक स्तरोन्नती तथा पुल मर्मत सम्भार नभए सडक दुर्घटनाप्रति सरकारले जिम्मेवार हुनुपर्ने भनि समेत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विहिवार उल्लानीमा गोकुलेश्वरबाट दार्चुलाको खलंगा जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका थिए ।

प्रतिक्रिया