Wide Nepal News शनिबार २१, भदौ २०८२ ०७:१३

अझै फेला परेनन् महाकालीमा बगेका किशोरी

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ०२, २०७९
अझै फेला परेनन् महाकालीमा बगेका किशोरी

महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना किशोरी एक हप्ता बितिसक्दा समेत अझै फेला परेका छैनन्।

गत शुक्रबार दिउँसो नुहाउने क्रममा महाकालीमा बगेर बेपत्ता भएका बैतडीको दशरथचन्द नगरपालिका–८ साङडीकी कविता टमाटा र संगिता टमाटाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

महाकाली नदी किनार मौरा भन्ने स्थानबाट बगेर बेपत्ता भएका उनीहरुको दैनिक खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

अहिले पनि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले बेपत्ता किशोरीहरुको खोजी कार्य जारी राखेका निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए। 
 

 

प्रतिक्रिया