Wide Nepal News शनिबार ०५, जेठ २०८१ १०:०२

दार्चुलामा एमालेको जनमत बलियो छ, ५ हजार बढि मतान्तरले जित्छौ : प्रतिनिधी सभा सदस्य ठगुन्ना

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ ०१, २०७९
दार्चुलामा एमालेको जनमत बलियो छ, ५ हजार बढि मतान्तरले जित्छौ : प्रतिनिधी सभा सदस्य ठगुन्ना

दार्चुला : नेपाल कम्युनिस्ट पार्टी एमालेका पोलिट ब्युरो सदस्य एवम् प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्नाले आगामी निर्वाचनमा दार्चुलामा प्रदेश सभाका दुइवटै सिट सहित केन्द्रमा समेत एमालेले जित्नेमा आफू बिस्वस्त रहेको बताएका छन् । 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सहईन्चार्ज समेत रहेका ठगुन्नाले दार्चुलामा सत्ता गठबन्धनले एमालेको जितमा कुनै असर नपुर्याउने दाबी गरेका हुन् । 

'प्रतिनिधी सभा सदस्यमा दार्चुलाबाट दुईपटक फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ, यसपटक सत्ता गठबन्धन भर्सेस तपाई रहेको अवस्थामा तपाईले चुनाव जित्ने आधार के हो ?' भन्ने प्रश्नमा प्रतिनिधी सभा सदस्य ठगुन्नाले यस्तो बताएका हुन् ।

उनले आगामी मंसिर ४ मा सम्पन्न हुने प्रदेश र प्रतिनिधी सभा सदस्यका लागि जिल्लामा एमालेले ५ हजार भन्दा बढि मतान्तरले जित निकाल्ने दाबी गरेका छन् । जिल्लामा एमालेको जनमत बलियो रहेको उल्लेख गर्दै सत्ता गठबन्धनले एमालेको जितलाई कुनै असर नगर्ने बताएका हुन् । साथै जिल्लामा नेपाली कांग्रेशबाट २० प्रतिशत र माओवादी केन्द्रबाट ४० प्रतिशत मत एमालेले प्राप्त गर्ने उनको दाबी छ । 

यस्तै दार्चुलामा एमालेको जनमत सुरुवातदेखि नै बलियो रहनु, यसअघि आफूहरुले लगातार दुईपटक निर्वाचन जित्नु, स्थानीय तहको नतिजा एमाले अनुकूल आउनु, पार्टी फुटको प्रभाव जिल्लामा नदेखिनु, पार्टी छोडेर अन्यत्र गएकाहरु पार्टी मै फर्किनु एमालेको जितका प्रमुख आधार रहेको सांसद ठगुन्नाले बताए । 

यसअघि विक्रम संवत् २०७४ सालमा सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै ठगुन्ना नेपाली कांग्रेशका उम्मेदवार विक्रमसिंह धामीसित करिब ६ हजार ७ सय ६५ मतान्तरसहित प्रतिनिधी सभा सदस्यमा विजयी भएका हुन् । त्यस्तै वि.सं. २०७० साल मंसिर ४ मा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेशका नेता एवम् हालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई पराजित गर्दै ठगुन्ना पहिलोपटक संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया