Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:३२

दार्चुला जीप दुर्घटना : मृतक पाँचै जना बझाङका, घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार हुँदै

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ ०१, २०७९
दार्चुला जीप दुर्घटना : मृतक पाँचै जना बझाङका, घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार हुँदै

दार्चुला : बुधबार (दिउँसो) गोकुलेश्वर-खलंगा सडकखण्डमा म १ ज ५५१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

यस्तै जीपमा सवार ९ जनाको जिल्लास्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । मृतक सबै जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा पाँचैजना बझाङ जिल्ला अन्तर्गत बुङ्गल नगरपालिकाका स्थानीय हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा, चम्फा बोहरा र उजले बोहरा रहेको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा अत्यधिक यात्रु बोकेको जीप दुर्घटना हुनुको मुख्य कारण भने खुल्न सकेको छैन् ।

जीपचालक करन कोली सहित घाइते सबै जनाको अवस्था अहिले सामान्य रहेको तथा गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।

सोही जीप दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 

 

प्रतिक्रिया