Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४२

गोकुलेश्वर-खलंगा सडकखण्डमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ ०१, २०७९
गोकुलेश्वर-खलंगा सडकखण्डमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। 

जिल्लाको गोकुलेश्वर-खलंगा सडकखण्ड अन्तर्गत शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालाय गोकुलेश्वरले जनाएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र एक १ महिला रहेका छन्। अन्य दुई जना पुरुष, ३ जना महिला र चालक पनि घाइते भएका छन्। घाइते ९जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइएको प्रहरीले बताएको छ।

जीपका चालक करन कोलीसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रतक्षदर्शी एवम् स्थानीय पत्रकार गणेशसिंह धामीले जानकारी दिएका छन् । 

जीप सडकबाट करिब २५० मिटर तल खसेको छ।

जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो। प्रहरीको टोली दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जीपमा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको छ, दुर्घटनाको कारण खुल्न बाँकी छ । पाँच जनाको पास सिट क्षमता रहेको जीपमा १४ जना बोकेको पाइएको छ ।

शवहरु क्षतविक्षत् अवस्थामा रहको र सनाखत हुन् बाकीँ छ । 

प्रतिक्रिया