Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ १०:००

बैतडीमा बँदेलका लागि थापेको पासोमा फसेर चितुवाको मृत्यु

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ ०१, २०७९
बैतडीमा बँदेलका लागि थापेको  पासोमा फसेर  चितुवाको मृत्यु

बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेपछि मरेको छ।

जिल्लाको दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेर मरेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए। 

किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि पासो थापेका थिए। तर, त्यो पासोमा चितुवा फसेको थियो।

फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली गएको भएपनि टोली नपुग्दै चितुवा मरेको बताइएको छ। 

प्रतिक्रिया