Wide Nepal News शनिबार ०५, जेठ २०८१ १०:१४

राष्ट्रिय स्वतन्त्र पार्टीको दार्चुला भेला सम्पन्न, सुदूरपश्चिम दौडाहामा प्रदेश समिती

सम्बाददाता सम्बाददाता
आइतबार, साउन २९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको दार्चुला भेला सम्पन्न, सुदूरपश्चिम दौडाहामा प्रदेश समिती

दार्चुला । पूर्व पत्रकार रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुलामा जिल्ला भेलाको आयोजना गरेको छ । 

पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र बहादुर चन्द र प्रदेश सचिब भोजराज जोशीको आतिथ्यतामा दार्चुला सदरमुकाम खलंगामा जिल्ला भेलाको आयोजना गरेको हो ।

पार्टीले सुदूरपश्चिमका ९ वटै जिल्लामा जिल्ला भेलाको आयोजना गरि जिल्लास्थित तदर्थ समिती चयन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सचिब भोजराज जोशीले बताएका छन् । 

आइतबार दार्चुलामा तारादत्त भट्टको संयाजकत्वमा पार्टीले ७ सदस्यीय जिल्ला तदर्थ समिती चयन गरिएको र सोही समितीले जिल्लाका ९ वटै स्थानीय तहमा पालिकास्तरिय समिती गठन गर्ने तथा सबै पालिकामा पार्टी बिस्तार भएपछि मात्रै जिल्लामा कार्यसमितीले पूर्णता पाउने प्रदेश सचिब जोशीले बताए । 

जसअनुरुप दार्चुला जिल्लास्थित तदर्थ समितीले सोमबार (भोली) गोकुलेश्वरमा शैल्यशिखर नगरपालिकास्तरिय कार्यसमिती चयन गर्न नगर भेलाको आयोजना गरेको छ । 

कार्यसमिती बिस्तारका लागि सुदूरपश्चिमका ९ वटै जिल्ला दौडाहामा रहेका पार्टीका प्रदेश संयोजक चन्द तथा प्रदेश सचिब जोशीसहितको टोलीले यसअघि कैलाली र कञ्चनपुरमा जिल्ला भेला समपन्न गरिसकेको छ । आइतबार दार्चुला समिती चयन भएसंगै आगामी बैशाख ३१ गते बैतडी सदरमुकाम गोठलापानीमा जिल्ला भेलाको आयोजना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितीको तयारी रहेको छ ।

यस्तै क्रमश ः आगामी भदौ २ गते बझाङको चैनपुर, ४ गते डडेल्धुराको तुफाँनडाँडा, ५ गते दिपायल डोटी, ७ गते बाजुरा सदरमुकाम मार्तडीमा र आगामी भदौ ९ गते अछामको साफेँमा जिल्ला भेला गर्ने भएको छ । 

प्रतिक्रिया