Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५२

गोकुलेश्वरमा प्रहरीको 'क्विक एक्सन' : सुन चोरी गर्ने एक युवक आधा घण्टामै पक्राउ

सम्बाददाता सम्बाददाता
शुक्रबार, साउन २७, २०७९
गोकुलेश्वरमा प्रहरीको 'क्विक एक्सन' : सुन चोरी गर्ने एक युवक आधा घण्टामै पक्राउ

दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरबाट सुनको गहना चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको टोलिले उक्त गहनालाई चोरी गरेर गोकुलेश्वर बजारस्थित एक होटेलको शौचालयभित्र लुकाएर राखेको अवस्थामा से १ ज ८३४ नम्बर जीपका सहचालक शैल्यशिखर नगरपालिका २ का बिनोद लुहारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही जीपमा नौगाड गाउँपालिका २ सुन्नमुन्नबाट गोकुलेश्वर बजार आउने क्रममा शैल्यशिखर नगरपालिका ४, रानिशिखरका उत्तरसिंह ठगुन्नाको झोलाबाट सुनको गहना (रिङ्ग) चोरी जीपका सहचालक लुहारले गोकुलेश्वरस्थित बिष्ट होटेलको शौचालयमा लुकाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । 

प्रहरीले उक्त सूचना पाएको आधा घण्टाभित्रै सुन चोरी गर्ने सहचालक लुहारलाई  नियन्त्रणमा लिइ अहिले थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया