Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४७

सेटिगाउँ माध्यमिक विद्यालयको व्यवस्थापन समिती चयनका लागि निर्वाचन

सम्बाददाता सम्बाददाता
बुधबार, साउन २५, २०७९
सेटिगाउँ माध्यमिक विद्यालयको व्यवस्थापन समिती चयनका लागि निर्वाचन

गोकुलेश्वर । सेटिगाउँ माद्यमिक विद्यालय ककरपाखा, बैतडीको विद्यालय व्यवस्थापन समिती चयनका लागि निर्वाचन भएको छ । 

विद्यालय व्यवस्थापन समिती चयन गर्न २ जना सदस्य पदमा ७ जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियाबाट २ जना  सदस्य  छनोट गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिती गठनका लागि २ जना सदस्य छनोट गर्न उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले आफ्नो मत खसालेका थिए । कूल ४ सय ३ मत खसेकोमा सर्वाधिक १ सय २४ मत  डिलासैनी गाउँपालिका ६ का स्थानीय दानसिंह मालले प्राप्त गरेका छन्  । 

सदस्य चयनका लागि तीन पटकसम्म प्रयास गर्दा समेत उम्मेदवारहरू बिच सहमति  जुट्न नसक्दा निर्वाचन गरिएको हो । 

सेटिगाउँ माध्यमिक विद्यालयका शिक्षक राजेन्द्रप्रसाद जोशीका अनुसार दुई जना पुरुष सदस्य चयनका लागि आज भएको निर्वाचनमा माल सङ्गै उनका निकटतम् प्रतिद्धन्द्धी भूतपूर्व शिक्षक हरिसिंह भण्डारीले कूल १ सय २० मत प्राप्त गर्दै उपविजेता भएका छन् । यस्तै राम बहादुर बोहराले १ सय १७ मत, हरिदत्त जोशीले १ सय ६ मत प्राप्त गरेका छन्  । यसैगरि  कर्ण नाथ योगीले ९१ मत, पुष्पराज जोशीले ६५ मत र राम नाथले ५६ मत प्राप्त गरेका  छन् । यस्तै २५ मत बदर भएका छन् । 

२ जना महिला सदस्य यसअघि चयन गरि सकिएको उल्लेख गर्दै यस निर्वाचन प्रणालीमार्फत बाकी विद्यालय व्यवस्थापन समिति सदस्य पनि चयन भएपछि अब दुई जना सदस्य मनोनित गरी विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइनेछ । यिनै सदस्यहरु मध्ये एकजनालाई अध्यक्ष छनौट गरिने सेटिगाउँ माध्यमिक विद्यालयका शिक्षक जोशीले बताए । 

विक्रम संवत् २०१६ सालमा स्थापना भएको सेटिगाउँ माद्यमिक विद्यालयमा हाल १ देखि १२ कक्षासम्म शिक्षा, व्यवस्थापन, विज्ञान संकायका साथै प्राविधिक धारतर्फ कृषि, भेटेरिनरी, वनविज्ञान लगायतका विषयहरु अध्ययन हुदैँ आएको छ । 

( यसअघि 'वाइड नेपाल न्युज डटकम' मा प्रकाशित समाचारमा सेटिगाउँ माध्यमिक विद्यालयको  व्यवस्थापन समिती अध्यक्षमा निर्वाचन प्रणालीमार्फत सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार दान बहादुर माल 'विजयी भएका' भनिएकोमा  फरक पर्न गएकाले  अहिले उक्त कुरालाई सच्याइएको व्यहोरा जानकारी गराउदछौ । यसबाट हाम्रा पाठक वर्गमा पर्न गएको असुविधाका लागि क्षमा माग्दछौ । धन्यवाद   - सम्पादक )

प्रतिक्रिया