Wide Nepal News आइतबार ०६, जेठ २०८१ ०४:४९

दार्चुलाका यी छात्रा खेलाडी : अभावमा राष्ट्रिय प्रतियोगिता खेले, दिलाए सुदूरपश्चिमलाई स्वर्ण

सम्बाददाता सम्बाददाता
बुधबार, साउन २५, २०७९
दार्चुलाका यी छात्रा खेलाडी : अभावमा राष्ट्रिय प्रतियोगिता खेले, दिलाए सुदूरपश्चिमलाई स्वर्ण

काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न १२ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गत असार ३० गते सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत असार ३० मा सम्पन्न प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य पदक जित्दै उपाधि हात पारेको थियो । प्रदेश १ र मधेश प्रदेशबाहेक कुल ५ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा ६ खेल समावेश गरिएकोे थियो ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत तथा ८ कास्य सहित कूल २५ पदक हात पारेको थियो ।

जसमा कबड्डी  खेलमा सुदूरपश्चिम प्रदेशले छात्रातर्फ स्वर्ण पदक जितेको थियो । कबड्डीमा सुदूरपश्चिमबाट कूल ९ जना खेलाडी रहेकामा ५ जना महिला खेलाडी दार्चुलाबाट रहेका थियो । जिल्ला तथा प्रदेश खेलकुदले उनीहरुको खेलकुद सामग्रीमा चासो नदिँदा आफूहरुले आवस्यक जुत्ता अभावमा प्रतियोगिता खेल्नुपर्ने परिस्थिति सिर्जना भएको खेलाडीहरुले गुनासो गरे ।

१२ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीतर्फ सुदूरपश्चिमबाट प्रशिक्षकको भूमिकामा आएका दिपकराज अवस्थीकाअनुसार सरोकारवालाहरुबाट खेलाडीहरुको पोसाक लगायत आवस्यक सामग्रीमा लगानी नजुट्दा दार्चुलाबाट सुदूरपश्चिमको प्रतिनिधत्व गरेर आएका महिला खेलाडीहरुले समस्या भोग्नुपरेको बताए ।

प्रशिक्षक अवस्थीले भने, “काठमाडौंको दशरथ स्टेडियममा सम्पन्न रास्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमबाट कबड्डीतर्फ कूल ९ खेलाडीमध्ये ५ जना छात्रा खेलाडी दार्चुलाबाट छनोट भएका थिए । खेल सुरु हुनुभन्दा केहि समय अघिसम्म उनीहरुलाई आवस्यक पर्ने जुत्ता समेत जुटाउन नसकिएको अवस्था थियो । ”

प्रतियोगितामा कबड्डीतर्फ दार्चुलाका बर्षा बोहरा, लक्ष्मी ठगुन्ना, गायत्री धामी, मनिसा भट्ट, आशा विक लगायतले सुदूरपश्चिमलाई स्वर्ण दिलाउन सफल भएका थिए ।

उनले थपे, “उक्त कुरा खेलप्रेमी सुभेच्छुक साथीहरुलाई सुनाएपछि उनीहरुले आफ्नो व्यक्तिगत लगानीमा आवस्यक व्यवस्था गरिदिनुभयो । यसका लागि नेपाल खेलकुद महासंघ, मास्टर स्पोर्ट्स विभाग प्रमुख जगत धामी, मार्मा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुरेन्द्र महता लागायतका हाम्रा शुभेच्छुक साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।”

नेपाल खेलकुद महासंघ, मास्टर स्पोर्ट्स विभाग प्रमुख जगत धामीले आफूले पनि कुनैबेला राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु अनेक अभावका बिच खेलेको स्मरण गर्दै आफूले उक्त कुरा थाहा पाएपछि तुरुन्तै समाधान गर्ने कोसिस गरेको बताए । उनले आफ्नो जिल्लाका खेलाडी बहिनीहरुले अनेक कुराको अभावका बिच पनि राष्ट्रिय प्रतियोगितामा सहभागि भइ स्वर्ण पदक जितेकोमा खुसी व्यक्त गरे ।

कबड्डीतर्फ सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाउने सबै  खेलाडी तथा प्रशिक्षकलाई नेपाल खेलकुद महासंघ, मास्टर स्पोर्ट्स विभाग प्रमुख जगत  धामी, मार्मा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुरेन्द्र महता, नेकपा एमाले दार्चुलाका-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिवानसिंह धामी लगायतले काठमाडौंमा सम्मान कार्यक्रमको समेत आयोजना गरेका थिए ।

सन् २००२ मा भारतमा सम्पन्न भएको अन्तराष्ट्रिय सितोरियो कराँते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएका धामीले आफ्नो जिल्लामा सरोकारवालाहरुले खेलकुदमा लगानी नगरेको गु्नासो गरे । उनले दार्चुलामा प्रतिभाशाली खेलाडीहरु भएपनि सरोकारवाला निकायले बेवास्ता गर्दा गुमनाम हुनु परेको जिकिर गर्दै आगामी दिनमा पनि दार्चुला जिल्लामो खेलकुदको विकासका लागि आफू पछि नहट्ने बताएका छन् ।

प्रतिक्रिया