दार्चुलामा कार्यरत सहायक प्रहरी निरीक्षक होटलको शौचालयमा मृत भेट्टिए
Wide Nepal News
शुक्रबार, असोज ०९, २०७७
गोकुलेश्वर । दार्चुलामा कार्यरत एक जना नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षकको होटलमा मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्ब रावल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शुक्रबार विहान होटलकै शौचालयमा लडेको अवस्था भेटिएका सईलाई जिल्ला अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सहायक प्रहरी निरीक्षक रावल दार्चुला सदरमुकामको मल्लो बजार बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेटिएको बताइएको छ। घटनाबारे शुक्रबार विहान होटल संचालकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे बिस्तृत अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । रावल दल्लेख प्रहरी चौकीबाट ईलाका प्रहरी कार्यालय हुती सरुवा भएका थिए ।
प्रहरी नायब उपरीक्षक पदम बहादुर बिष्टका अनुसार मृतको शरीरमा देखिने घाउचोट केही छैन । मुखबाट रगत आएको छ । होटलको शौचालयमा थोरै रगत पनि भेटिएको छ ।
अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती धनगढी बस्दै आएका छन् । उहाँ दल्लेखबाट ५ गते सदरमुकाम खलंगा आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया