Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:३१

शैल्यशिखर नगरपालिकाको प्रवक्तामा खडायत नियुक्त

Wide Nepal News
सोमबार, जेठ १६, २०७९
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रवक्तामा वडा नम्बर १ का वडाअध्यक्ष भरत बहादुर खडायत नियुक्त भएका छन् । सोमबार (आज) बसेका नगर कार्यपालिकाको पहिलो बैठकले वडाअध्यक्ष खडायतलाई प्रवक्तामा नियुक्त गरेको हो । यसैबिच कार्यपालिका बैठकले विभिन्न ३२ वटा निर्णय गरि बैठक सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । अघिल्लो स्थानीय सरकारले गरेका काम कार्यबाहीको श्वेतपत्र जारी गर्ने देखि दुई बर्षभित्रमा अत्याधुनिक सेवा सुबिधासहितको नगरपालिकाको छुट्टै प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने लगायतका निर्णय गरेको छ । यस्तै नगर कार्यपालिकाको पहिलो बैठकले भाडामा रहेका वडा कार्यलयहरु सरकारि भवनबाट सञ्चालन गर्ने, गोकुलेश्वर अस्पताललाई व्यवस्थित तथा सुबिधा सम्पन्न बनाउने, गोकुलेश्वर बजारमा बसपार्क ब्यबस्थापन गरि १५ दिन भित्रमा जग्गा दाताले जग्गा दिन सुचना टाँस गर्ने, अघिल्लो सरकारले करारमा नियुक्त गरेका कर्मचारीहरुको तथ्यांक प्रशासन शाखाबाट माग्ने निर्णय गरिएको वडा नम्बर १ का वडाध्यक्ष एवं नगर प्रवक्ता खडायतले जानकारी दिएका छन् । यस्तै गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन गर्न डम्पिङ साईड निर्माण गर्ने, उज्यालो शैल्यशिखर अभियान सञ्चालन गर्ने, वडा नम्बर ०२ मा आरोग्य केन्द्र स्थापना गर्ने, समाजिक सुरक्षा लगायतका भत्ता वडा कार्यालयबाटै वितरण गरिने लगायतका ३२ वटा निर्णय गरि सम्पन्न भएको प्रवक्ता खडायतले बताएका छन् ।

प्रतिक्रिया