दार्चुलाको शैल्यशिखर नगरपालिकाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
नगरपालिकाले मंगलबार (आज) सार्वजनिक सूचना जारी गर्दै स्वीपर देखि सिभिल इन्जिनियरसम्मका विभिन्न प्राबिधिकतर्फका पदमा ९० जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाले खुल्ला प्रतिस्पर्धामार्फत कर्मचारी छनोट गरिने उल्लेख गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई फारम भर्न आह्वान गरेको छ ।
नगरपालिकाले स्वास्थ्यतर्फ स्वीपर, माली, पाले, कार्यालय सहयोगी, अ.न.मी, अ.हे.व, ल्याव असिस्टेन्ट, एनेस्थेटिक सहायक, स्टाफ नर्स पदमा ७५ जना कर्मचारी माग गरेको छ भने पूर्वाधारतर्फ स्वीपर, कार्यालय सहयोगी, अमिन, सिभिल सव इन्जिनियर, सिभिल इन्जिनियर तथा पोषण स्वयंसेवक समेत गरि १५ जना कर्मचारी माग गरेको छ ।
अघिल्लो स्थानीय सरकारले बिना स्रोत विभिन्न शिर्षकमा आफ्ना आफन्त र कार्यकर्ताहरुलाई मात्र भर्ती गरेको आरोप लगाउदैं नगर कार्यपालिकाको बैठकले करारमा भर्ना गरिएका कर्मचारीलाई गत साउन १ गतेदेखि करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया