Wide Nepal News आइतबार ०९, मङि्सर २०८१ ०४:००

जसले क्रिकेट खेल्न १० वर्षको उमेरमा घर छाडे, मुम्बईमा टिक्न पानीपुरी बेचे

Wide Nepal News
आइतबार, असोज ११, २०७७
भारतीय युवा ब्याट्सम्यान यशस्वी जैसवालले अघिल्ला साता अघिपछि भन्दा फरक अनुभव गरे। आइपिएलमा डेब्यू गर्नुअघि जैसवाल दुबईमा संसारकै विलासी होटलमा स्टिभ स्मिथ, जोफ्रा आर्चर र जोस बटलर जस्ता विश्वप्रख्यात क्रिकेटरसँगै बसे। आफ्ना नायकहरू दैनिक भेटे। भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई मैदानमा भेट्दा जैसवालले नमस्कार गरेको भिडियो ट्विटरमा छायो। आइपिएल टिम राजस्थान रोयल्सबाट गत मंगलबार चेन्नई सुपरकिंग्स विरुद्धको खेलमा डेब्यू गर्नु उनका लागि चुनौतीपूर्ण थियो। चुनौती पार गर्दै उनले डेब्यू गरे। राजस्थानको ओपनिङमा ब्याटिङ गर्दै आइपिएलमा डेब्यू गर्दा उनले ६ रन मात्र बनाउन सके। आइपिएलमा डेब्यू गर्नु भन्दा ठूला चुनौती उनले बाल्यकालमै पार गरेका थिए। व्यवसायिक क्रिकेटर बन्ने सपना देख्दै उनले उत्तर प्रदेशको ग्रामिण इलाकामा रहेको आफ्नो घर १० वर्षको उमेरमा छाडेका थिए। त्यतिबेला उनीसँग केही थिएन, थियो त केवल क्रिकेटर बन्ने सपना। म भारतमा क्रिकेट खेल्न चाहन्थे। तर गाउँमा अवसर पाउन सजिलो थिएन, जैसवालले टेस्ट म्याच स्पेसलको आइपिएल पडकास्टमा कुराकानी गर्दै भनेका छन्, ुमेरा सिनियरले क्रिकेट खेल्नका लागि मुम्बई जान सल्लाह दिएका थिए। जुन कुरा मेरो दिमाखमा खेलिरहन्थ्यो। जब सुत्थे त्यही कुरा सम्झन्थे। त्यसैले एक दिन आमालाई मुम्बई जान चाहेको कुरा बताए। १० वर्षे फुच्चेले मुम्बई जस्तो घना बस्ती भएको शहरमा एक्लै संर्घष गर्ने आँट गर्नु सानो कुरा होइन। मुम्बईमा जति दुस्ख पनि उनले कहिल्यै हार मानेनन्। दुस्खका पहाड उचाले तर, हार मानेर घर फर्कने सोच कहिल्यै बनाएनन्। उनले क्रिकेटमा लागेर केही सिक्ने र अवसर पाउने लक्ष्यका साथ सन् २०११ देखि चार वर्ष मुम्बईमा सडकमा दैनिकी गुजारे। उनी दिनभर आजाद मैदानमा एक्लै अभ्यास गरिरहे। त्यतिबेला उनलाई खाना बस्नका लागि निकै समस्या पर्थ्यो। आर्थिक अवस्था सहज नभएपछि उनी दिउँसो डेरीमा काम गर्थे। ुराती पनि डेरीमा बस्न चाहन्थेँ। त्यतिबेलासम्म म एक्लै थिएँ। त्यो समय मेरा लागि निकै गाह्रो थियो,ु जैसवाल सम्झिन्छन्, ुएक दिन मैले मेरो प्रशिक्षकसँग बास बस्न दिन अनुरोध गरे। दुई–तीन महिना त्यहाँ बसेँ।ु त्यसपछि पनि उनको दुस्ख सकिएनन्। बस्ने ठाउँकै समस्याले सताउन थाल्यो। कहिलेकाहीँ क्रिकेट क्लबका ग्राउन्ड स्टाफसँग पालमा सुत्ने गर्थेँ,ु उनी भन्छन्, पालमा बस्ने भए मैले रन हान्नु पर्ने शर्त राखिन्थ्यो। पालमा सुत्दा सहज हुने सोच्थेँ। किनभने मैदान नजिक हुँदा चाँडै अभ्यास गर्न पाइन्छ भन्ने लाग्थ्यो। रन हान्न, स्कोरिङमा बस्न वा अम्पाइरिङ गर्न पाउँछु कि भन्ने लाग्यो। त्यति गर्न सके भने मैले पैसा पाउथेँ। उनले तीन वर्ष टेन्टमा सुतेर मुम्बईमा संघर्ष गरेका थिए। उनले पैसाका लागि चाडपर्वमा पानीपुरी लगायत स्ट्रीट फुड बेच्ने समेत काम गरे । उनीसँग कहिलेकाँही त खाने पैसा समेत हुँदैन थियो। त्यसैले उनी पेटभर मासु(भात र तरकारी खान आइतबार कुर्थे, जुन दिन सित्तैमा खान पाइन्थ्यो। म सधैं आइतबार कुरिरहेको हुन्थेँ, उनले भने। मुम्बईमा संघर्ष गरिरहदा कहिलेकाँही १३ सय किलोमिटर टाढा रहेकी आफ्नी आमालाई अँगालो मार्न चाहन्थे। उनी कमजोर हुने डरले आफ्ना भावनालाई अरूका अघि दबाउँथे। आमाको याद आउँदा निकै रुन्थेँ,ु उनले भने, ुतर कसैलाई भन्दिन थिएँ। किनभने असहज परिस्थिति भए उनीहरूले मलाई घर जान सुझाव दिन्छन् भन्ने थाहा थियो। त्यसैले अरूको अघि ठिकै रहेको देखाउँथेँ। क्रिकेटर बन्ने सपनाले बिस्तारै गति लिइरहेको थियो। उनी सन् २०१५ देखि चर्चामा आउन सफल भए। स्कुल क्रिकेटको खेलमा उनले नटआउट ३१९ रन बनाएका थिए। त्यसपछि उनले भारतको यु–१६ टिममा स्थान बनाउन सफल भए। २०१८ को यु–१९ एसिया कपमा उनले प्लेयर अफ दि टुर्नामेन्ट जित्ने क्रममा ३१८ रन जोडेका थिए। २०१९ मा दक्षिण अफ्रिकाविरुद्धको युथ टेस्टमा उनले २ सय बलमा १७३ रन जोडे। त्यसपछि जैसवालले प्रतिष्ठित विजय हजारे ट्रफीमा दोहोरो शतक प्रहार गरे। उनले झारखण्डविरुद्धको समूह चरणको खेलमा १५४ बलमा २०३ रन बनाएका थिए। गत डिसेम्बरमा भएको यु–१९ विश्वकपमा उनी सर्वाधिक रन हान्ने खेलाडीको शीर्ष स्थानमा थिए। उमेर समूहमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि जैसवाललाई आइपिएल २०२० को सिजनका लागि राजस्थान रोयल्सले २।४० करोड भारुमा आबद्ध गर्‍यो। अब उनी भारतीय सिनियर टिमका बलिया दाबेदार भएको कतिपयको विश्लेषण छ। विश्वकै उत्कृष्ट ब्याट्सम्यनको जमघट रहेको जारी आइपिएलमा उनी टेस्टका नम्बर एक ब्याट्सम्यान स्टिभ स्मिथको कप्तानीमा खेल्दैछन्। स्मिथले जाउँ र क्रिकेटको मजा लिएर खेल भनेका छन् । आइपिएलमा उत्साहित देखिएका जैसवालले भने, सुरुमा मेलै उनीसँग धेरै प्रश्न सोध्न चाहेको थिएँ। जस्तो कसरी राम्रो तयारी गर्ने, कसरी माइन्डसेटमा सुधार ल्याउने जवाफमा उनले जे सोध्न मन लागेको छ त्यो सोध्दा हुन्छ भनेका छन्। -सेतोपाटीबाट साभार 

प्रतिक्रिया