Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५८

शैल्यशिखर नगर कार्यपालिकाको पहिलो बैठक सम्पन्न, केकस्ता निर्णय भए ?

Wide Nepal News
सोमबार, जेठ १६, २०७९
दार्चुलाको शैल्यशिखर नगर कार्यपालिकाको पहिलो बैठक सोमबार (आज) सम्पन्न भएको छ । साविकको गोकुलेश्वर गाउँ विकास समितीको सभाहलमा सम्पन्न नगर कार्यपालिकाको पहिलो बैठकले नगर प्रवक्तामा वडा नम्बर १ का वडाध्यक्ष भरत बहादुर खडायतलाई नियुक्त गरेको छ । अघिल्लो स्थानीय सरकारले गरेका काम कार्यबाहीको श्वेतपत्र जारी गर्ने देखि दुई बर्षभित्रमा अत्याधुनिक सेवा सुबिधासहितको नगरपालिकाको छुट्टै प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने लगायतका निर्णय गरेको छ । यस्तै नगर कार्यपालिकाको पहिलो बैठकले भाडामा रहेका वडा कार्यलयहरु सरकारि भवनबाट सञ्चालन गर्ने, गोकुलेश्वर अस्पताललाई व्यवस्थित तथा सुबिधा सम्पन्न बनाउने, गोकुलेश्वर बजारमा बसपार्क ब्यबस्थापन गरि १५ दिन भित्रमा जग्गा दाताले जग्गा दिन सुचना टाँस गर्ने, अघिल्लो सरकारले करारमा नियुक्त गरेका कर्मचारीहरुको तथ्यांक प्रशासन शाखाबाट माग्ने निर्णय गरिएको वडा नम्बर १ का वडाध्यक्ष एवं नग।र प्रवक्ता भरतबहादुर खडायतले जानकारी दिएका छन् । यस्तै गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन गर्न डम्पिङ साईड निर्माण गर्ने, उज्यालो शैल्यशिखर अभियान सञ्चालन गर्ने, वडा नम्बर ०२ मा आरोग्य केन्द्र स्थापना गर्ने, समाजिक सुरक्षा लगायतका भत्ता वडा कार्यालयबाटै वितरण गरिने लगायतका ३२ वटा निर्णय गरि सम्पन्न भएको प्रवक्ता खडायतले बताएका छन् । गत बैशाख ३ण् मा सम्पन्न स्थानीय तह निर्वाचनबाट शैल्यशिखर नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता विजयसिंह धामी तथा उपमेयरमा शान्ती खडायत विजयी भएका थिए ।

प्रतिक्रिया