Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१०

राजस्थान रोयल्सको रोमाञ्चक जीतमा सञ्जु नायक

Wide Nepal News
सोमबार, असोज १२, २०७७
आइपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । रनको वर्षा भएका उक्त खेलमा राजस्थानले पञ्जाबको २२३ रनको लक्ष्य भेटाएको हो । निर्धारित २० ओभरमा पञ्जाबले मात्र २ विकेट गुमाएर बनाएको २२३ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा भेटाएको थियो ।
पञ्जाबका लागि ओपनरद्वय लोकेश रावल र मयंका अग्रवालले ठोस सुरुवात गरेका थिए । कप्तान रावलले ५४ बलमा ६९ रन बनाएका थिए भने अग्रवालले ७ छक्का र १० चौकाको सहयोगमा ५० बलमा १०६ रन रनको योगदान दिए । त्यसपछि ग्लेन म्याक्सवेलले १३ र निकोलस पुरनले २५ रन बनाउँदा राजस्थानविरुद्ध चुनौतिको विशाल पहाड खडा भयो ।
२२३ रन चेन्ज गर्न मैदान छिरेको राजस्थानले ओपनर जोस बोटलरलाई सुरुमै गुमाएको थियो । त्यसपछि आएका सञ्जु सामसुङले विस्फोटक ब्याटिङ गरेर टिमलाई जितको आधार खडा गरेका थिए । सञ्जुले ४२ बलमा ७ छक्का र ४ चौकाको सहयोगमा ८५ रनको योगदान दिए । उनलाई कप्तान स्टिपेन स्मिथले साथ दिएका थिए । उनले पनि २७ बलमा अर्धशतक पूरा गरेका थिए । राजस्थानका लागि राहुल टिवेटेवालाले ३१ बलमा ५३ रन बनाएपछि राजस्थान जीतको नजिक पुगेको थियो । अलराउन्डर जाफर आर्चरले ३ बलमा १३ रन बनाएपछि राजस्थानले विजय लक्ष्य भेट्यो ।
पञ्जाबका लागि महोम्मद सामीले ३ विकेट लिएका थिए । किफायती बलिङ गरेका रवि विस्नोइको नाममा २ विकेट रह्यो ।
सोमबार साँझको खेल रोयल च्यालेन्जर बंगलोर र मुम्बइ इण्डियन्सबीच हुनेछ ।

प्रतिक्रिया