Wide Nepal News आइतबार ०९, मङि्सर २०८१ ०४:०९

पछिल्लो २४ घण्टामा देशभर १५१३ जनामा सङ्क्रमण पुष्टि, १० जनाको मृत्यु

Wide Nepal News
मङ्गलबार, असोज १३, २०७७
पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ पुगेको छ । ५५ हजार ३७१ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना सङ्क्रमणमुक्त भएका छन् । देशभर २० हजार ३९६ सक्रिय सङ्क्रमित छन् । यस्तै देशभर कोरोना सङ्क्रमित १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजोको तुलनामा गत २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको छ। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ४९१ पुगेको छ। गत २४ घण्टामा ३ जना महिला र ७ जना पुरुषको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा मोरङका ६८०,महोत्तरीका ५८, काठमाडौँका ६० र ७०, चितवनका ५५, बाँकेका ५३ र ३९ वर्षीय पुरुष छन्। त्यस्तै सर्लाहीकी ७२, काठमाडौँकी ५७ र बाँकेका ५३ तथा ३९ बर्सिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया