Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४१

दार्चुला बाट उदाएका १० बर्षे मिलन, जसले ईन्द्रेणीमा सबैलाई चकित पारे (भिडियोसहित)

Wide Nepal News
बिहिबार, असोज १५, २०७७
दार्चुला : दार्चुलाको नौगाड गाउँपालिका, ४ सिप्टीका प्रतिभावान बालक मिलन टमटाले चर्चित कार्यक्रम ईन्द्रेणीमा गीत गाएर सबैलाई चकित पारेका छन् । सानै उमेरदेखि कलामा औधी रुचि राख्ने टमटाले १० वर्षकै उमेरमा अन्तराष्ट्रिय चर्चा कमाउन सफल कार्यक्रम ईन्द्रेणीमा गीत गाएर सबैको मन जित्न सफल भएका हुन् । गणेश विनायक माबि सिप्टीमा कक्षा ५ मा अद्ययनरत बाल कलाकार टमटाले राष्ट्रिय राजनीति देखि देश र समाजको चित्रण हुने गरी विभिन्न भाषा र विधाका गीत गाएपछि कार्यक्रम प्रस्तोता कृष्ण कडेल र बहुप्रतिभावान व्यक्तित्व रमेश प्रशाई लगायतले खुलेरै प्रशंसा गरेका थिए । दार्चुलाको मौलिक भाकादेखि सुदूरपश्चिममा गाइने चर्चित भाकाहरु र नेपाली भाषाको लोकप्रीय गीतहरु ईन्द्रेणीमा मिलनले सुनाएका थिए । आयुसा गौतम संग मिलनले धमकेदार दोहोरी गाएपछि कार्यक्रम रंगमञ्चमा परिणत भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर रहेका मिलनले काठमान्डौँमा पढेर असल तथा ठूलो मान्छे बन्ने चाहाना राखेका छन् । उनले भने, "बुबा (डेडी) ले काम गर्नुहुन्छ, तर दिनभरी काम गरेर साँझ खान पुग्दैन, रिण काडेर दार्चुलाबाट काठमान्डौँ आएको छु ।" उनले अनुरोध गर्दै थपे, "मलाई अगाडी बढाइदेउ, स्कुल पढाइदेउ ।" उनको प्रस्तुती, प्रतिभा र बिचार सुनेर ईन्द्रेणी कार्यक्रम प्रस्तोता कृष्ण कँडेल र बहुप्रतिभावान व्यक्तित्व रमेश प्रशाई लगायतले कार्यक्रममा सबैले सम्मानभाव व्यक्त गरेका छन् । बहुप्रतिभाका धनी मिलनलाई सहयोग गर्न 'वाइड नेपाल न्युज'  परिवार समेत सबै मनकारी व्याक्तित्वलाई अनुरोध गर्दछ । मिलन र कमलाले गाएको दोहोरी सहित ईन्द्रेणी कार्यक्रम हेर्न तलको लिकंमा क्लीक गर्नुहोला : https://www.youtube.com/watch?v=Sap3NG3Wp3g&t=822s

प्रतिक्रिया