Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५३

नेपालका कान्छा अभियन्ता खनाललाई 'युथ आइकन अवार्ड'

Wide Nepal News
शनिबार, असोज १७, २०७७
भारतका पिता महात्मा गान्धीको १५१औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डमार्फत सम्मान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा युथ आइकन अवार्डबाट खनाल सम्मानित भएका हुन् । सानै उमेरमा विभिन्‍न जिल्लामा स्वच्छता अभियानदेखि बाजुरामा अनाथ आश्रम निर्माण गर्दै सामाजिक काममा जुटेका खनाल पछिल्लो समय कैलालीमा हेल्प निडी अभियानबाट मजदुरहरुको घर/घरमा खाद्यान्‍न वितरणमा जुटेका छन् । खनाललाई समाजमा उदाहरणीय कार्य गरेको भन्दै फाउन्डेसनले सम्मान गरेको हो ।

प्रतिक्रिया