Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०१:२८

पाटनबाट नियमिति उडान हुन्छः पर्यटन मन्त्री भट्टराई

Wide Nepal News
शनिबार, असोज १७, २०७७
दार्चुला । संस्कृति, पर्यटन तथा नागरिकउड्यन मन्त्री योगेश भट्टराइले पाटनबाट नियमित उडान हुने प्रतिद्धता जनाएका छन । बिमानस्थलको परीक्षण उडान गर्न बैतडी पुगेका मन्त्री भट्टराईले बिमानस्थलमा बन्न बाँकी टर्मिनल भवन, र अन्य सँरचना निर्माणका लागि मन्त्रालयबाट बजेट ब्यवस्था गरेर पाटनबाट नियमित उडान हुने प्रतिबद्धता जनाएका हुन । मन्त्री भट्टराइले बिमानस्थलमा आयोजित कार्याक्रममा बोल्दै यहाँको पर्यटन प्रवद्धनका लागि स्थानिय तहदेखी प्रदेश र संघ सरकारको महत्वपुर्ण दायित्व हुने बताएका छन । यो विमान स्थल नियमित संचालन भएपछी यहाको प्रयटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले अबको बाटो विकास र आर्थिक क्रान्तीको हुने बताएका छन । हामी हाम्रो पार्टी र सरकार यहाँको बिकास गर्न तत्पर रहेको उहाँको दावि छ । अब छिट्टै यो बिमानस्थलबाट नियमित उडान हुने छ र बिमान स्थलका बन्न बाँकी टर्मिनल भवन, र अन्य संरचना निर्माणका लागि मन्त्रालयबाट बजेटको ब्यवस्था गर्ने उनले बताए । पाटन बिमानस्थलमा छिट्टै आवस्यक संरचना निर्माण गरि नियमित उडान हुने उनले बताएका छन। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईलाई बैतडीमा भव्य स्वागत गरिएको छ । पाटन बिमानस्थलको उद्घाटन कार्याक्रममा आएका पर्यटन मन्त्री भट्टराइलाई बैतडीबासीले भव्य स्वागग गरेका हुन । करिब २ बजे बैतडीको पाटन बिमानस्थलमा ओर्लिएका मन्त्री भट्टराइ सहितको टोलिलाई स्थानिय बाजागाजका साथ स्थानियले स्वागत गरेको पत्रकार ईश्वर बोहराले जानकारी दिएका छन । २६ वर्ष पछि बैतडीको पाटन बिमानस्थलमा बिमान अवतरण भएपछि नागरिकहरुले उत्साहका साथ भव्य स्वागत गरेका छन । पाटनबाट हवाइ सेवा नियमित भएको बैतडीको विकास र समृद्धीमा टेवा पुगने विश्वास गरिएको छ। मानिएको पर्यटन मन्त्री भट्टराईको स्वागतका लागि प्रदेशसभा सदस्य लीलाधर भट्ट, नेकपा बैतडीका ईन्चार्ज नरेन्द्र कुँवर बिजयसुन्दर, अनेरास्ववियु बैतडीको टोलि, नेता तथा कार्यकर्ता, बैतडीका जुझारु युवाहरुको उपस्थीती रहेको थियो । २६ बर्ष देखि बन्द रहको बिमानस्थल नियमित सञ्चालन गर्न शनिबार परिक्षण उडान गरिएको हो । पाटन बिमानस्थलमा २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान भएको थियो । द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द अवस्थामा रहेको बिमान सञ्चालनमा यहाँ नागरिकहरूको आवाज र जिल्लाबाट निर्वाचित जनता र सरकार बिचका सेतु मानिने राजनितिज्ञहरुले विशेष पहली कदम चालेका थिए । सो अथक प्रयासबाट २६ वर्षदेखि बन्द भएको पाटन बिमानस्थल नियमित उडानको प्रकृयामा पुगेको हो । बैतडीको पाटन बिमानस्थलको उडान परीक्षण सपफल भएको छ । अहिले उडान परिक्षण मात्रै भएको र नियमित उडान आवस्यक संरचना निर्माण पछि मात्रै हुने बताइएको छ ।  -रेडियो बैतडी बाट साभार

प्रतिक्रिया