Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२८

'गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज' बिहीवार सम्पन्न हुँदै

Wide Nepal News
बुधबार, असोज २८, २०७७
गोकुलेश्वर : नागार्जुन क्रीकेट क्लब गोकुलेश्वरले आयोजना गरेको 'गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज २०७७' असोज २९ (बिहीवार) सम्पन्न हुने भएको छ। असोज २० गते उद्घाटन भएको प्रतियोगितामा २१ टिमको सहभागीता रहेको थियो । लिग चरणमा खेलाएको प्रतियोगिता बिहीवार ९औं दिनमा सम्पन्न हुन लागेको आयोजकले बताएको छ। लिग चरण र क्वाटरफाइनलका सबै खेल बुधबार (आज) सम्पन्न भए सङ्गै सेमिफाइनल र फाइनल खेल बिहीवार सम्पन्न हुने गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज २०७७ का संयोजक रामसिंह धामीले बताए। सेमिफाइनल खेल्ने टीमहरूको लाग्यो टुंगो  : 'गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज २०७७' का सेमिफाइनलका खेलहरू खेल्ने टीमहरूको टुंगो लागेको छ। आज बिहान भएको क्वाटरफाइनलको पहिलो खेलमा टीम देहिमान्डुले महाकाली, ०१ दार्चुलालाई पराजित गरेसङ्गै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो। आज भएको दोश्रो खेलमा सुशितम क्रीकेट क्लबलाई पछि पार्दै कैलपाल क्रीकेट क्लबले सेमिफाइनलमा प्रवेश पएको हो। यसैगरी तेस्रो खेलमा बस्कोट शुपर किङ्ग्स सङ्ग शानदार जित निकाल्दै श्रीकेदार, पिपलकोटले पनि सेमिफाइनलम आफ्नो स्थान सुरक्षित गरेको हो। क्वाटरफाइनलको अन्तिम खेलमा चम्तडी स्टारशीत ८ विकेटको जित निकालेको गोकुलेश्वर ०९, ले पनि सेमिफाइनलका लागि आफ्नो स्थान बनएको हो। विजेताले बर्षकै सर्वाधिक धनराशिकाे पुरस्कार पाउने : दार्चुलाको गोकुलेश्वर खेलमैदानमा संचालन भइरहेको 'गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज २०७७' को विजेताले वर्षकै सर्वाधिक धनराशिको पुरस्कार पाउने भएको छ। प्रतियोगिताको विजेताले रू. ६१,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले रू. २३,३३३ नगदसहित मेडल र प्रमाणपत्र पाउने नागार्जुन क्रीकेट क्लबका अध्यक्ष करनसिंह बिष्टले जानकारी दिएका छन। प्रतियोगितामा अन्य विविध विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया