Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२९

गोकुलेश्वरमा एक पुरूषको शव फेला, थप अनुसन्धान हुदैँ

Wide Nepal News
मङ्गलबार, कार्तिक १८, २०७७
गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९, जगतपुरीधाम नजिकै गोकुलेश्वर बजारतर्फको सडक किनारमा नालि भित्र एक पुरुषको शव फेला परेको छ । घटनास्थलमा ईप्रका गोकुलेश्वरको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउँदले जानकारी दिएका छन । श्रोतका अनुसार उक्त शव डिलाशैनी गाउँपालिकाको गन्ना घर भएका गोबिन्द घरेडीको हो । मृतक घरेडी गोकुलेश्वरस्थित एक बैंकबाट पैसा बुझ्न भन्दै हिजो (सोमबार) बजार आएको उनको पारिवारीक श्रोतले बताएको छ । शवको छेउमा खसेको मोबाइलबाट सम्पर्क गर्दा उक्त शव गोबिन्द घरेडीको भएको पत्ता लागेको बताइएको छ । घटना के कारणले, कसरी र कुन समयमा भएको हो भन्ने लगायत विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया