Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५५

बैतडीमा नेपालमै पेन्सन बुझ्ने व्यवस्थाका लागि पहल गर्न माग

Wide Nepal News
बुधबार, कार्तिक १९, २०७७
बैतडीमा भारतीय पेन्सनधारीहरुले नेपालमै पेन्सन बुझ्ने व्यवस्थाका लागि पहल गर्न माग गरेका छन् । जिल्लाको मेलौली नगरपालिकाका भारतीय पेन्सनधारीहरुले नगरपालिकालाई सोही माग राखी ज्ञापनपत्र बुझाएका छन् । कोरोना भाइरसका कारण लामो समयदेखि नाका बन्द हुँदा आफूले पेन्सन बुझ्न नपाएको भन्दै उनीहरुले नगरप्रमुख कृष्णसिंह नायकलाई ज्ञापन–पत्र बुझाएका हुन । आफुहरुले गत गत चैतदेखि पेन्सन बुझ्न नपाउँदा धेरै समस्या भएको स्थानीय तारादत्त भट्टले बताए । पेन्सनधारीको ज्ञापनपत्र बुझ्दै नगरपालिकाका प्रमुख नायकले पेन्सनधारीहरुका समस्या समाधानका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने बताएका छन् । बैतडीमा १ हजार २ सय जना भारतीय पेन्सनधारी रहेका छन् ।

प्रतिक्रिया