Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३५

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री शाह अस्पताल भर्ना

Wide Nepal News
बिहिबार, कार्तिक २०, २०७७
दार्चुला । कोरोना संक्रमण पुष्टि भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् । १५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा रहेका थिए । एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री शाहलाई बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो । नाकबाट रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया