Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:१५

कांग्रेस नेता बडुलाई कोरोना संक्रमण

Wide Nepal News
शुक्रबार, कार्तिक २१, २०७७
दार्चुला । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ । बडुलाई शुक्रबार कोरोना सक्रमण पुष्टि भएको हो । पार्टी केन्द्रिय कार्यालयको बैठकमा जानुपूर्व स्वयमं र सामुहिक स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट यहि कातिक १६ गते पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । पुर्व राज्यमन्त्रि बडु अहिले होम आइसोलसनमा रहेको बताइएको छ, भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेता बडुमा त्यस्तो कोरोनाको कनै लक्षण देखिएको छैन् । कोरोना पोजेटिभ देखिएपनि भर्चुअल माध्यमबाट आवश्यक बैठक तथा जन सम्पर्क निरन्तर भइरहेको उनले आफनो फेसबुक मार्फत जानकारी गराएका छन ।

प्रतिक्रिया