कोरोना संक्रमित सुदूरपश्चिमका कानून मन्त्री शाहलाई उपचारका लागि काठमाडौं लगियो
Wide Nepal News
शुक्रबार, कार्तिक २१, २०७७
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।
कार्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई थप उपचारका लागि शुक्रबार सिम्रिक एयरमार्फत काठमाडौं लगिएको उनको निजी सचिवालयले जनाएको छ ।
मन्त्रीका स्वकीय सचिव जंगबहादुर बिकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं लगिएको दिनेश खबरलाई जानकारी दिए ।
होम आइसोलेसनमै बसिरहेका शाहको स्वास्थ्यमा समस्या देखिएपछि विहिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्थायी अस्पतालमा उपचारपछि साँझ डिस्चार्ज भएका शाह धनगढीस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका थिए । तर स्वास्थ्य अवस्था सुधार नभएपछि उनलाई काठमाडौं लगिएको उनको सचिवालयले जनायो । मन्त्रीकी पत्नीलाई पनि कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया